दफा ४
नेपाल स्काउट स्वशासित संस्था हुने
(१) नेपाल स्काउट अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) नेपाल स्काउटको सबै काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) नेपाल स्काउटले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच बिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) नेपाल स्काउटले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र नेपाल स्काउट उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।